शनिबार, वैशाख १५, २०८१

१० मिनेट समय माग्दा माग्दै ध्वस्त पारियो एपी र अलजजिराको कार्यालय (भिडियोसहित)

मेरोन्यूज २०७८ जेठ २ गते १३:३२

काठमाडौं । इजरायली सेनाले विगत पाँच दिनदेखि गाँजाका विभिन्न स्थानमा हवाइ हमला तथा गोलाबारी जारी राखेको छ । पछिल्लो हवाइ हमलामा गाँजास्थित जाला टावरमा हवाई आक्रमढा गरेको छ ।

प्यालेस्टाइनको गाजास्थित १२ तले टावरमा रहेका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी), कतारी सञ्चारमाध्यम अल जजिरालगायत थुप्रै कार्यालय तथा अपार्टमेन्ट ध्वस्त भएका छन्।

उक्त टावरका मालिक जवाद मेहदीहुन् । महदीलाई इजरायली सेनाले एक घण्टाअघि फोन गरेर आक्रमण गर्न लागिएको भन्दै टावर खाली गराउन आदेश दिएका थिए । मेहदीका अनुसार पत्रकारका उपकरण लैजान १० मिनेट समय थप्न आग्रह गरे पनि इजरायली सेनाले अस्वीकार गरेको थियो।

तर , इजरायली सेनाले अस्वीकार गरेको थियो । कतार सरकारको लगानीमा सञ्चालित अल जजिराले आक्रमणको दृष्य प्रत्यक्ष प्रशारण गरेको थियो । भवनमा प्यालेस्टेनी विद्रोही समुह हमासका सैन्य सामग्री रहेको इजरायली सेनाले दाबी गरेको छ । इजरायली सेनाले गाजाको शरणार्थी शिविरमा आक्रमण गरेको थियो ।

भिडियोमा हेर्नुहोस्:-

प्रतिक्रिया