शनिबार, वैशाख १५, २०८१

वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. आइएल आचार्यको निधन

मेरोन्यूज २०७८ जेठ २ गते १३:०२


ललितपुर । वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट प्राडा आइएल(ईश्वरलाल) आचार्यको निधन भएको छ । कोरोना संक्रमण भइ डा.आचार्य ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचारका क्रममा आज बिहान निधन भएको हो । कोरोना संक्रमणका कारण स्वासप्रश्वासमा समस्या देखिएपछि डा.आचार्य वैशाख १८ गतेदेखि स्टार हस्पिटलमा भर्ना भएका थिए । वैशाख २९ गते कोभिड नेगेटिभ आएपछि अस्पतालको सामान्य आईसियूमा सारिएको थियो ।

शनिवार एक्कासी अवस्था नाजुक भएपछि भेन्टिलेटरमा राखिएको र अथक प्रयास बिहान ३ बजेतिर निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेति जानकारी दिए।

ग्याष्ट्रोइन्टेरोलोजि क्षेत्रका पिता भनेर चिनिने आचार्यले पछिल्लो समय स्टार अस्पतालमा स्थापना गर्न लागेको जीआई सेन्टरको नेतृत्व गरेका थिए

प्रतिक्रिया