शुक्रबार, वैशाख ७, २०८१

रहेनन् वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्की

मेरोन्यूज २०७८ जेठ २ गते १२:३४

काठमाडौं । नेपालका वरिष्ठ गीतकार चेतन कार्कीको मृत्यु भएको छ । चलचित्र निर्देशक समेत रहेका उनको आज आइतबार बिहान विरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो ।

गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

नेपाली गीती क्षेत्रमा कयौं कालजयी गीत लेखेका कार्कीले नेपाली चलचित्रको निर्देशन गरेका थिए । उनका धर्मपत्नी र २ जना छोरा छन् ।

उनको निधनमा चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।

गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको शब्दरचनामा बनेको गित उनको सम्झनामा हेर्नुहोस्:-

प्रतिक्रिया