शुक्रबार, चैत १६, २०८०

यस्ता व्यक्तिलाई कोरोनाबिरुद्धको भेरोसेल दोस्रो डोज तत्काल नदिइने

मेरोन्यूज २०७८ जेठ २ गते १०:३०

काठमाडौं । कोरोनाविरुद्धको भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । उक्त खोप बिहान १ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउँन सकिन्छ । काठमाडौं महानगरका नजिकैका वडामा गएर आफ्नो पालो दिन खोप लगाउँन सकिनेछ । खोप अभियान जेष्ठ ११ गतेसम्म चल्ने छ ।

गत चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप लगाएकाहरुले दोस्रो मात्रा दिन आजबाट लागिएको हो । चैत २५ पछि खोप लगाए पनि संक्रमण भएका र अहिले कोरोनाको लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज खोप तत्काल नदिइने काठमाडौं महानगरको जनस्वास्थ्य विभागले जनाएको छ ।


विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार कोरोनाका कुनै पनि लक्षण देखिएका व्यक्तिहरुका हकमा अर्को निर्णय भएपछि मात्र खोप सञ्चालन गरिने छ । अहिलेको खोप चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसयता कोरोनाको संक्रमण नभएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको उनले मेरो न्यजुलाई जानकारी दिए ।

प्रतिक्रिया