शुक्रबार, वैशाख १४, २०८१

पत्रकार कार्कीको निधन

मेरोन्यूज २०७८ जेठ २ गते ८:०३

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधन भएको छ । कोरोना संक्रमणबाट

दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिवार राती निधन भएको हो । कार्की पछिल्लो सयममा जनताटाइम्स डटकमका सम्पादक पनि थिए ।

बिगत डेढ दशकेखि पत्रकारितामा सक्रिय कार्की प्रेस चौतारी नेपाल को केन्द्रीय सदस्य पनि थिए । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मिएका कार्की सौर्य दैनिकसँग पनि आवद्ध रहँदै आएका थिए ।

प्रतिक्रिया