शनिबार, वैशाख १५, २०८१

कोरोना रोक्न आग्रह गर्दै देवतालाई बलि

मेरोन्यूज २०७८ जेठ २ गते ७:०८

जाजरकोट । कोराना रोकथाम तथा नियन्त्रणका लागि जाजरकोटको एक गाँउमा कालिकामाई देवीलाई बलि दिएर स्थानियहरु रातभर जाग्राम बसेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ९ बोका० दिएर स्थायिनहरु रातभर जाग्राम बसेको स्थानिय हरिबहादुर खत्रीले जानकारी दिए ।

शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिएका हुन् ।

नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि नलगाडका स्थानियले यस्तो उपाय अवलम्वन गरेका हुन् ।

“यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।” स्थानिय हरिबहादुर खत्रीले भने ।

यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराती गर्ने ९गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने० योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले जानकारी दिए ।

मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने उनको भनाई छ ।

हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो । (रासस)

प्रतिक्रिया