मंगलबार, वैशाख ४, २०८१

आजको राशिफल : ज्येष्ठ २ गते आइतबार

ज्यो. गुरु दिवाकर पन्त

मेरोन्यूज २०७८ जेठ २ गते ६:२१

आज २०७८ साल ज्येष्ठ महिनाको २ गते आइतबार, वैशाख शुक्लपक्षको चतुर्थी तिथि । आज जगतगुरु शंकराचार्य जयन्ती तथा रामानुजाचार्य जयन्ती रहेको छ ।

मेष
पेशा ब्यवसायमा सकारात्मक हुने छ । आम्दानीमा पनि सन्तोषजनक अवस्था नै हुने देखिन्छ । परिवारप्रति समर्पित हुने स्वाभाव हुने छ । बोलीमा भने कडा शैली हुने भएकाले यसबारेमा ध्यान दिनु होला । राजनीति, न्याय, प्रशासन, अध्यापन, दार्शनिक क्षेत्र, उद्योग कलकारखाना, सिमेण्ट, छड-डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय अनुकुल देखिन्छ ।

वृष
समय सकारात्मक रहेको छ । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा आफू अनुकुल अवस्था निम्तिने छ । दृढ खालको ब्यक्तित्व हुने भए पनि मनमा विचार छिनछिनमा परिवर्तन भइरहने छ । यसले दुबिधामा पार्ने छ । सूचना प्रविधि, ब्यवस्थापन, राजनीति, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुका लागि फाइदा मिल्ने समय छ ।

मिथुन
परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन्, ध्यान दिने छन्, माया गर्ने छन् । मनोबल उच्च हुने छ । तर रिस धेरै उठ्न जाने भएकाले संयम रहने प्रयास गर्नुहोला । भाग्यको साथ नरहेकाले कठिनाई र असजिलो परिस्थितिसँग जुध्नु पर्ने बाध्यता आइ लाग्ने छ । ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखाना आदी जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि समय प्रतिकुल देखिएको छ ।

कर्कट
समय अलि प्रतिकुल रहेकाले धैर्य भएर रहनु होला । पेशागत जीवनमा समस्या आउने छ । पेशा तथा ब्यवसाय सम्बन्धी विषयमा अवरोधहरुको सामना गर्नु पर्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानको तर्फबाट सुख प्राप्त हुने छैन् । ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय केही शुभ रहेको छ । अरुको हकमा औसत समय सक्रिय छ ।

सिंह
कर्मशिलतामा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले समय प्रतिकुल हुने छैन् । आम्दानीमा बृद्धि हुने छ । लक्ष्मी र नारायणको आशिर्वाद रहेकाले पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार, वाणिज्य, ब्यवसाय, किराना पसल गर्नेहरुलाई लाभ प्राप्त हुने छ ।

कन्या
समय सकारात्मकतर्फ ढल्केको छ । भाग्यको साथ भएकाले असजिलोसँग जुध्ने पर्याप्त तागत प्राप्त हुने छ । पेशागत जीवन र ब्यवसायीक गतिबिधीमा सफलता प्राप्त हुने छ । समस्याहरु समाधानतर्फ जाने छन् । सेक्युरिटि सेवा, सेना, प्रहरी, सुरक्षा फौज, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई समय प्रतिकुल रहेको छ । किराना पसल, आयात निर्यात, पानी, दुध, आइसक्रिम जस्ता ब्यवसायमा लागेकाहरुलाई भने केही फाइदा मिल्ने छ ।

तुला
समय अलि प्रतिकुलता तर्फ केन्द्रीत रहेकाले संयम रहनु होला । परीवारिक सदस्यहरुका बीचमा द्वन्द देखा पर्नेछ । नेतृत्व क्षमतामा कमि आउने भएकाले अरुको विश्वासमा पनि कमि आउने छ । आम्दानीमा कमि आउने छ भने भएका आम्दानी अनावश्यक ठाउँमा खर्च नगरी नहुने अवस्था आउने छ । कार्यालयमा विभिन्न समस्याहरु देखा पर्ने छ ।

वृश्चिक
मनमा नकारात्मक विचारले सताउने छ, उदासिनता बढ्ने छ । झुम्म भएको जस्तो लाग्ने छ, फ्रेस नभएको जस्तो भइरहने छ । दाम्पत्य जीवन औसत शुभ नै देखिएता पनि अनुमान नै नगरिएका विषयमा झै-झगडा निम्तिने भएकाले संयमताको खाँचो छ । कोल्ड ड्रिङ्स, आइसक्रिम, पानी, दुध, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको देखिन्छ ।

धनु
बोलीमा अनावश्यक कडापन आउने भएकाले यसबारेमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुको साथले दृढता बढ्न जाने छ । लेनदेनमा विवाद हुने समय छ । छोटो-छोटो यात्रा गर्नु पर्ने परिस्थिति सक्रिय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु निम्तिने छ । भाग्यको साथ कम रहेकाले विचार गरेर मात्र अघि बढ्नु होला । धेरै चुनौतिले भरिएका कामहरु थाल्ने समय छैन् ।

मकर
समय सकारात्मक देखिन्छ । दृढ ब्यक्तित्व हुने छ । परिवारको साथ पाइने भएकाले कार्यसम्पादनमा मद्धत पुग्ने छ । तर आम्दानी तथा लिइएका लक्ष्य प्राप्तिमा केही ब्यवधानको सामना गर्नु पर्नेछ । सरसापटी दिइएका रकमका विषयमा बिबाद हुन जाने छ । तरकारी, किराना पसल, दैनिक उपभोग्य सामान, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल देखिन्छ ।

कुम्भ
भायको साथ रहेकाले सुख सुविधा उपलब्ध हुने छ । धर्म अध्यात्मतर्फ विश्वास बढ्न जाने छ । भगवानप्रतिको आस्था पनि बृद्धि हुने छ । जीवनसाथिको साथसहित काम गरेमा उन्नति हुने छ । साझेदारीका कामहरुबाट नतिजा प्राप्त हुनेछ, अनुकुल रहने छ । बैंकिङ्ग, बीमा, राजनीति, प्रशासन, सूचना प्रविधि जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल छ ।

मीन
भाग्यको साथ कम रहेकाले नतिजाहरु आउन समय लाग्ने छ । मेहनत र पराक्रम गर्ने विषयमा अल्छि लाग्ने स्वाभाव बन्ने छ । मनमा अन्योलता बढ्ने छ, त्यसले गर्दा ब्यक्तित्वमा क्षय हुने छ । अनावश्यक विषयमा फस्ने वा केन्द्रित हुनु पर्ने बाध्यता आइलाग्ने छ । आम्दानीमा हुने केही सकारात्मकताले भने केही थोरै राहत दिने छ । पेशा ब्यवसायमा कठिनाईहरु आउने भएकाले दृढतासहित पाइला चाल्नु पर्ने छ ।

(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया