बिहीबार, वैशाख ६, २०८१

महामारीमा मनोमानी भाडा असुल्ने एम्बुलेन्स चालक पक्राउ

मेरोन्यूज २०७८ जेठ १ गते १८:२३

पर्सा । सङ्क्रमित व्यक्ति तथा सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरेको अभियोगमा २ जना एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले तोकिएको दर भन्दा बढी भाडा असुली गरिरहेको अवस्थामा आज २ जना एम्बुलेन्स चालकहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले पर्सा घर भएका ३५ वर्षका कमरुदिन रायभर र २२ वर्षका वीरबल मुखियालाई पक्राउ गरेको हो । ना.२.च.३२५६ र ना.३ च. ८१९९ नं. का २ वटा एम्बुलेन्ससहित रायभर र मुखियालाई नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरु उपर कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया