शुक्रबार, चैत १६, २०८०

एकैदिन ५ हजार ४८८ जनाले जिते कोरोना

मेरोन्यूज २०७८ जेठ १ गते १७:५४
फाइल फोटो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४८८ जनाले कोरोना भाइरस (कोभिड–१९)बाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोरोनाबाट निको हुने संख्यासहित देशभर कोरोना निको हुनेको कूल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । यस्तै, ४ लाख ४७ हजार ७०४ जना संक्रमित भएका छन् ।

आज एकैदिन देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ८७ जना भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउने संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा २ हजार १४६ छन् भने ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया