शुक्रबार, वैशाख ७, २०८१

धादिङमा १५ दिन निषेधाज्ञा थपियो

मेरोन्यूज २०७८ जेठ १ गते १६:५७

काठमाडौं । धादिङमा जारी निषेधाज्ञा जेठ १५ गते सम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालयले नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि २१ बैशाख गतेदेखि लागु गरिएको निषेधाज्ञा जेठ १५ गते राति १२ बजे सम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिभर खाद्य सामग्री पसल बिहान ६ बजेदेखी ९ बजेसम्म खुल्नेछन् । साथै औषधी पसल लगाएतको अत्यावश्यकीय पसलहरु जुनसुकै बेला संचालन गर्न पाईने छ । यसैगरी निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी र भेलामा रोक लगाइएको छ । सपिङ मल, सिनेमा हल, जिमखाना,सैलुन र व्युटीपार्लर जस्ता भिडभाड हुने व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

यस अवधिमा सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका साथै अन्य अत्यावश्यक सेवाका कार्यालय सञ्चालन हुनेछन् । ती कार्यालयका कर्मचारीले परिचपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । यस्तै निषेधाज्ञाको समयमा विवाह ब्रतबन्ध र मृत्यु संस्कारमा सहभागी हुन पनि रोक लगाइएको छैन । स्वास्थ्य मापदण्ड पालना गरी ती कार्यमा १५ जनासम्म सहभागी हुन प्रशाशनले आग्रह गरेको छ ।

प्रतिक्रिया