मंगलबार, वैशाख ११, २०८१

बाबुराम भट्टराई पक्षको बैठकलाई महन्थ ठाकुरको काउण्टर

मेरोन्यूज २०७८ जेठ १ गते १६:१७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आज पार्टीको कुनै बैठक नबसेको जानकारी दिएका छन् । पार्टीको अर्का पक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहितका नेताहरू पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्दै गर्दा ठाकुरले आफ्नो पार्टीको बैठक नबसेको भन्दै काउण्टर दिएका हुन् ।

पार्टीका अर्का नेताहरू भट्टराई र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गर्दै ठाकुरले कुनै बैठक नबसेको बताएका हुन् । उनले शनिबार दिउँसो एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो जसपाको बैठक नबसेको जनाएका हुन् ।

यसअघि ठाकुर पक्षले बहुमत सांसदको बैठकबाट राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

प्रतिक्रिया