शुक्रबार, चैत १६, २०८०

दोलखा प्रहरीद्वारा ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

मेरोन्यूज २०७८ जेठ १ गते १५:२१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको हो ।

जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा भरिएको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेर चरीकोट अस्पताललाई प्रदान गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाए । नयाँ भेरियन्टको कोरोनाका कारण दोलखामा हाल सम्म ४३३ जना संक्रमित भइसकेका छन् ।

तीमध्ये हालसम्म १९ जना निको भइसकेका छन् भने चार जनाको मृत्यु भएको छ । यस्तो विषम परिस्थितिमा नेपाल प्रहरीले विभिन्न अस्पतालहरुमा सिलिन्डरहरु उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया