बुधबार, वैशाख १२, २०८१

कोरोना सर्ने भन्दै चीनले सगरमाथा आरोहण गर्न रोक्ने

मेरोन्यूज २०७८ जेठ १ गते १४:५०

काठमाडौँ । चीन सरकारले आफ्नो देशको तिब्बततर्फबाट सगरमाथा आरोहण गर्न केही समयका लागि रोक लगाएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च रहेको भन्दै चीनले सगरमाथा आरोहणमा रोक लगाएको हो ।

नेपालतर्फको आधार शिविरमा केही आरोहीमा कोरोना संक्रमण देखिएपछि चीनले सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको समाचारमा जनाइएको छ ।
चीनले यो सिजनमा ३८ जना चिनियाँ नागरिकलाई सगरमाथा आरोहण गर्न अनुमति दिएको थियो ।

यसैबीच नेपालले यही सिजनमा ४०८ जनालाई आरोहण गर्न अनुमति दिएको थियो । गत वर्ष चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोनाका कारण विश्वभर ठूलो महामारी फैलिएको छ ।

प्रतिक्रिया