शनिबार, वैशाख ८, २०८१

कोरोना महामारीले विश्वभर यौन समस्या देखियो

मेरोन्यूज २०७८ जेठ १ गते १२:२५

काठमाडौँ । अमेरिकाको टेक्सस शहरकी एक यौन थेरेपेस्टि एमिली जेमियाले कोरोना भाइरस (कोभिड–१९)ले मानव जीवनसँगै यौन भावनालाई समेत ठूलो असर पारेको बताउँछिन् ।

कोरोना संक्रमण फैलिनुअघि घरबाहिर आआफ्नो काममा व्यस्त भएका दम्पत्ति लकडाउन भएपछि सँगै बस्ने मौका पाए । यसले सुरुका दिनमा उनीहरूको जीवनमा सकारात्मक कुरा भयो । लकडाउन हुनुपूर्व काममा कारण दम्पत्तिहरू एकसाथ लामो समय बिताउने मौका पाएका थिएनन् ।

जेमियाका अनुसार सुरुवाती माहमारीले परिवारका सबै जनालाई एक साथ हुने मौका दियो । र, पहिले उनीहरूले सार्वजनिक बिदामा जस्तै दिनहरू बिताउन थाले ।

तर, जसरी महामारी बढ्दै जाँदा विस्तारै यसको असरहरू पनि देखिन थाले । खासमा दम्पत्तिको शारीरिक सम्बन्धलाई दिएर घरमा विस्तारै तनाव सिर्जना हुन पुग्यो । जेमिया भन्छिन्, ‘कोरोना महामारी फैलिएसँगै धेरै दम्पत्तिमा यौन इच्छा कम हुन थाल्यो ।’

विश्वभर समस्या देखियो ?

विश्वभर गरिएको एक अध्ययनले महामारीसँगै साझा समस्या देखा पर्यो । अनुसन्धानकर्ताहरूले टर्की, इटली, भारत तथा अमेरिकामा सन् २०२० मा अध्ययन गरेका थिए । जसमा दम्पत्ति र केही पार्टनरले आफ्नो यौन जीवनमा असर परेको बताएका थिए । यसको सीधा सम्बन्ध कोरोना महामारीसँगै जारी भएको लकडाउन प्रमुख कारण भएको बताएका थिए ।

अमेरिकाको किन्से इन्स्टिट्युटमा भएको अध्ययनमा संलग्न अनुसन्धानकर्ता फेलो जस्टिन लेहमिलर भन्छन्, ‘मलाई लाग्थ्यो कि, मान्छेलाई एक ठूलो समस्या परेको छ जसले गर्दा मानिसहरू चिन्तित भएका छन् ।’

केही मानिसको मनभित्र महामारी तथा लकडाउनको डर र अनिश्चितताको माहौल पैदा गरिदिएको थियो । केही मानिसलाई आफ्नो स्वास्थ्यबारे चिन्ता देखिएको थियो । दैनिक जीवनयापन गर्न पैसा कमी हुँदै गएको थियो ।

यी कारणले भएको चिन्तासँगै आफ्नो दम्पत्ति तथा पार्टनरका साथ अधिक समय बिताउनु पर्दासमेत मानिसहरू कोरोना महामारीबाट चिन्तित भएका थिए । यस्ता कारणले दैनिक रुपमा मानिसलाई लकडाउनसँगै चिन्ता सुरु हुन थाल्यो र यौन जीवनमा विस्तारै असर देखा पर्न पुग्यो ।

एक हिसाबले भन्ने हो भने कोरोनाको महामारी मानव जीवनको यौन सम्बन्धमा धेरै खराब अवस्था पैदा हुन पुग्यो । तर, पुरानो अवस्थामा फर्किन सक्ने अवस्था पनि छैन । बिबिसी हिन्दीबाट लिएको सम्पादित अंश

प्रतिक्रिया