शनिबार, वैशाख ८, २०८१

एमालेभित्रको मिलाप

ओली-नेपाल आज पनि भेट्दै, कार्यदल बनाउने तयारी

मेरोन्यूज २०७८ जेठ १ गते १२:१६
तस्बिर : फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले भित्रको मिलापका लागि प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल वीच आज पनि भेटवार्ता हुादैछ । दुई दिन यताको लगातार दुई नेता र दुई पक्षिय दोस्रो तहका नेतासहितको सम्वादले एमालेभित्रको अन्तरसंर्घष साघुरयाउने र विवाद मिल्ने दिशामा गएपछि प्रधानमन्त्री ओली र वरिष्ठ नेताका वीचमा आज पनि भेटवार्ता हुन लागेको हो ।

भेटवार्ता साझतिर मात्र हुने भएको छ । भेट पछि विवाद मिलाउनका लागि कार्यदल गठन हुनेछ । शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भएको दुई पक्षिय नेताहरुको भेटवार्तापछि कार्यदल गठन गर्ने जिम्मा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाललाई दिईएको थियो ।

कार्यदल मोटामोटी १० सदस्य बनाउने समझदारीमा दुवै पक्ष पुगेका छन् । शुरुमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय कार्यादल बनाउने प्रस्ताव गरेपनि नेता नेपालले अलिक ठूलो संख्यामा कार्यदल बनाउने प्रस्ताव गरेका थिए ।

त्यसपछि नेताहरुका वीचमा कम्तीमा दुवै तर्फका नेताहरु समेटेर १० सदस्यीय सम्म कार्यदल बनाउने समझदारी बनेको थियो ।

सोही समझदारीका आधारमा दुवै नेताले आज आ-आफनो टिममा सामान्य परामर्शका आधारमा कार्यदलमा रहने नेताहरुको नाम टुंग्गो लगाउने बताईएको छ ।

नेपाल पक्षका नेता घनश्याम भुसालले मेरो न्यूजसगको कुराकानीमा भने, -हिजो हामीले कार्यदल बनाउन प्रधानमन्त्री एवंम अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाललाई जिम्मा दिएका छौं, उहाँहरुले आज बैठक बसेर कार्यदलमा रहनुहुने साथीहरुको नाम टुंग्गो लगाउनुहुनेछ ।’

सर्वाेच्च अदालतले फागुन २३ मा तत्कालिन नेकपाको एकता बदर गदै एमाले र माओवादी केन्द्र नै ब्यूताईदिने निर्णय गरेपछि संगठनात्मक संरचना कुन अवस्थाकोलाई मान्ने भन्नेमा ओली र नेपाल पक्षका वीचमा विवाद देखिएको थियो ।

प्रधानमन्त्री ओलीले शुरुमा अहिले जुन अवस्थामा पुगिएको छ, त्यसैलाई मान्नुपर्ने र नेपाल पक्षले माओवादी केन्द्रसाग एकता गर्नु अघिल्लो दिन अर्थात २०७५ जेठ २ गतेको दिनको संगठनात्मक संरचनालाई मानेर अगाडी जानुपर्ने अडान लिएका कारण विवाद जन्मिएको थियो । तर विहिवार ओली र नेपालका वीचमा ब्यवसायी रामेश्वर थापाको निवासमा भएको छलफलपछि जेठ २ को आसपास कै संरचनालाई मानेर जाने, त्यसपछिका विषयमा कार्यदलले दिने रिपोर्टका आधारमा निर्णय लिने समझदारी बनेपछि एमालेमा मिलापको विकास भएको हो ।

अव एमालेमा संगठनात्मक संरचना २०७५ जेठ २ अघिकै कायम गर्ने र त्यसका प्रक्रिया मिलाउन कार्यदल बन्न लागेको हो ।

नेपाल पक्षले ओलीसाग पछिल्लो दिन विकसित भएको सम्वाद र एमालेमा देखिन लागेको मिलापका विषयमा दुई दिन यता आफु निकटका केन्द्रीय सदस्यहरुको पनि सुझाव लिईरहेको छ । हिजो देखि भर्चुअलमार्फत नेताहरुको सुझाव नेता नेपालले लिईरहेका छन् ।

आज पनि नेपाल पक्षका केन्द्रीय सदसयहरुको भर्चुअल छलफल जारी नै छ । हिजो सुझाव दिन बाकी केन्द्रीय नेताहरुले धारणा राखेपछि नेता नेपालले ओलीसँग सम्वाद गर्नेछन् । त्यसपछि कार्यदल सदस्यहरुको टुग्गो लाग्नेछ ।


नेपाल पक्षले २०७५ जेठ २ को एमालेकालीन स्थायी कमिटी बैठक बसेर सम्पूर्ण विवाद मिलाउने, प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुअघि नै सबै विवाद र समस्या समाधान गरिनुपर्ने, वार्तामा सहभागी नेताहरूले मत नबाझिने गरी आफ्नो राय प्रस्तुत गर्नुपर्नेलगायतका शर्त ओलीसाग हिजोको सम्वादमा राखेको थियो ।

अब बादल लगायतका नेताहरुको एमालेमा प्राप्त जिम्मेवारीमा नेपाल पक्ष लचिलो बन्ने, नेकपाको एकताको बेलाको स्थायी समितिलाई मान्यता दिएर जाने जस्ता विषयमा नेपालपक्ष तयार देखिएको छ ।

तर नेपाल पक्षले पार्टीको पदाधिकारीका विषयमा के गर्ने भन्नेमा प्रश्न उठाईरहेको छ । यसमा ओली पक्षले कार्यदलले दिने रिपोर्टलाई आधार बनाएर छलफल गर्ने बताईरहेको छ ।

कार्यदलमा ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल , नेपाल पक्षबाट घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम रावल लगायतका नेता रहने सम्भावना अधिक छ । टोलीमा माओवादी छोडेर एमालेमा आएका नेताहरुबाट पनि सदस्य राख्ने गरी कार्यदल टुग्गिने सम्भावना रहेको नेताहरुको भनाई छ ।

आज दुई नेताको छलफलमा कार्यदल गठनमा पूर्णता पाउने वित्तिकै कार्यदलले काम थाल्नेछ । यसले निश्चित दिनको समयसिमा भित्र काम सकेर एमालेभित्रको विवाद मिलाउने समझदारी दुई नेताका वीचमा बनेको एमाले नेताहरुको भनाई छ ।

प्रतिक्रिया