बिहीबार, वैशाख ६, २०८१

रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक पर्ने ५ खानेकुरा

मेरोन्यूज २०७८ जेठ १ गते १२:०५

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । रोगसँग लड्ने क्षमता भएन भने कुनै पनि रोगले छिट्टै समात्ने गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना भाइरसलाई सजिल्यै परास्त गर्न सकिन्छ ।
यसका लागि हाम्रो भान्सामा उपलब्ध हुने खानेकुराहरूको उपयोग गर्नुपर्छ ।

च्याउ
च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउ स्वास्थ्यको लागि फाइदा हुन्छ ।

पुदीना
पुदीनाको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

नरिवलको तेल
खाना बनाउन प्रयोग गरिने तेलहरुको सट्टामा नरिवलको तेलको प्रयोग गर्नाले शरीरलाई फाइदा पुग्नुका साथै विभिन्न रोगसँग लड्न मजबुत बनाउँछ ।

पालक
पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान मिल्छ । यसमा आइरन, भिटामिन र फाइबर पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमतामा बिकास गर्छ ।

ब्रोकाउली
ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न मिल्छ । यसमा भिटामिन, एन्टि ​अक्सिडेन्ट जस्ता गुणहरू पाइन्छन् । यसले शरीरलाई मजबुत बनाउँछ ।

प्रतिक्रिया