बिहीबार, वैशाख १३, २०८१

सांसदलाई दोस्रो डोज खोप आज दोस्रो दिन पनि

मेरोन्यूज २०७८ जेठ १ गते ७:४१

काठमाडौं । संघीय संसदसँग सम्वन्धित पहिलो डोज खोप लगाएका सबैलाई आज दोस्रो दिनपनि दोस्रो डोज खोप दिंइदै छ ।

संघीय संसदका दुबै सदनका सांसदहरुलाई आज पनि कोभिडबिरुद्धको दोस्रो डोज खोप लगाउन लागिएको हो ।

पहिलो डोज खोप लगाएको आठ हप्ता पुगेका उनीहरुलाई हिजोबाट भोलि आइतबारसम्म दोस्रो डोज खोप लगाइने संसद सचिवालयले जनाएको छ । तीन दिन नै नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा खोप कार्यक्रमको व्यवस्था गरेको सचिवालयको सूचनामा उल्लेख छ ।

सांसदहरुले खोप लगाउँदा सचिवालयका कर्मचारी, सहयोगी सवारी चालक, संदीय पत्रकार लगायतले पनि दोस्रो डोज खोप लगाउनेछन् ।

फागुन २३ अगावै पहिलो चरणको कोभिसिल्ड खोप लगाएको र यो संख्या १ हजार ४५० बढी नभएकोले उनीहरुका लागि मौज्दात खोप लगाउन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।

हिजो पहिलो दिन प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा सहित ७४८ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

सभामुख सहित १९० जना सांसद र संघीय संसद सचिवालयका सचिव, सुरक्षाकर्मी, पदाधिकारीका निजी सचिवालयका कर्मचारी तथा अन्य ५५८ जना गरी जम्मा ७४८ जनाले खोप लगाएका हुन् ।

प्रतिक्रिया