शनिबार, वैशाख ८, २०८१

सबै जिल्लामा अक्सिजन प्लान्ट र प्रयाेगशाला स्थापना गर्न देउवाकाे माग

मेरोन्यूज २०७८ वैशाख ३१ गते २१:५९

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जिल्लामा अक्सिजन प्लान्ट र काेराेना परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न माग गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधिको  व्यवस्था गर्न पनि माग गरेका छन् ।

नेपाल काेराेना संक्रमणकाे भयावह स्थितिमा पुगेकाे उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई सहयाेग गर्न पनि अपिल गरेका छन् । ‘यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु’, उनले भनेका छन् ।

प्रतिक्रिया