शुक्रबार, वैशाख १४, २०८१

सङ्क्रमण घट्दै, अक्सिजन अभाव हुन नदिन भारतबाट आयात

मेरोन्यूज २०७८ वैशाख ३१ गते २०:३०
फाइल फाेटाे

रुपन्देही । पछिल्ला दुई दिनमा रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या घटेकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले आज प्रकाशन गरेको तथ्याङ्क अनुसार सङ्क्रमण दर कम हुँदै गएको छ ।

पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ७८ जनाको आरटिपिसिआर जाँच गर्दा पाँच सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय ३६ र सक्रिय सङ्क्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ ।

सङ्क्रमितमध्ये सबै न्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरी एक सय ६५ जना छन् । अहिलेसम्म सबै भन्दा बढी सङ्क्रमण देखिएको बुटवल उपमहानगर पालिकामा पनि सङ्ख्या कम भएको छ । बुटवलमा १ सय ५४ जना सङ्क्रमित छन् ।

सिद्धार्थनगर नगरपालिकामा ४५ जना, सियारी गाउँपालिकामा ५५ जना, देवदह नगरपालिकामा २६ जना रहेका छन् । यस्तै सैनामैना गाउँपालिकामा ३० जना सङ्क्रमित छन् । ओमसतिया गाउँपालिकामा १० जना, कञ्चनमा १६ जना मायादेवी गाउँपालिकामा चार जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुई जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा एक जना पुरुष सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ । अक्सिजन अभाव हुन नदिँन भारतबाट आयात जिल्लामा अक्सिजन अभाव हुन नदिन भारतबाट आयात गरिएको छ । रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगले आज भारतबाट लिक्विड ग्याँस आयात गरेको छ ।

जिल्लामा बढ्दो अक्सिजन ग्याँसको मागलाई धान्न नसकेपछि उद्योगले भारतबाट पाँच सय सिलिन्डर लिक्विड ग्यास आयात गरेको हो । बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरी अक्सिजन उद्योसम्म पुर्याएको भैरहवा भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तेजबहादुर खत्रीले जानकारी दिए ।

पछिल्लो समय जिल्लाका तीन उद्योगले अक्सिजनको माग थेग्न नसकेपछि चितवन, विराटनगर तथा पोखराबाट समेत आयात गरिएको छ । शंकर उद्योगले दैनिक पाँच सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो । यसअघि पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको समनवयमा नेपाली सेनाको हेलिकोप्टरमा ४० सिलिन्डर ग्यास ल्याएको थियो ।

प्रतिक्रिया