बिहीबार, वैशाख १३, २०८१

माधव नेपालले धोका दिएकै भन्न चाहन्न, फेरि एक ठाउँमा हाम्रो भेट हुन्छ : प्रचण्ड (भिडियाे)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुलाई धोका दिएको अहिल्यै भन्न नमिल्ने बताएका छन् ।

संघीय संसद् सचिवालयमा आज कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाएपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, लोकतन्त्र र सत्यको पक्षमा संघर्ष गर्दा फेरि पनि नेपालसँग भेट हुने बताए ।

‘म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न, अहिले भर्खरै पनि माधवकुमार नेपालसँग मेरो भेट भएको छ । उहाँहरुभित्र केही समस्या पक्कै पनि भए होलान्, उहाँहरु आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै हुनु भएको हुँदा अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने मलाई लागेको छ’, उनले भने, ‘म आशा गर्छु की उहाँहरु सत्य, लोकतन्त्र र संविधानको पक्षमा संघर्ष बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ ।’

संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिविरुद्ध आफूहरुको संघर्ष जारी रहने पनि उनले बताए । संवैधानिक ढंगबाट घोषणा हुने कुनै पनि निर्वाचन माओवादीका लागि स्वीर्काय रहेको र संविधान विरोधी ढंगले हुने निर्वाचनको मात्र आफूहरुको विरोध गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया