शुक्रबार, वैशाख १४, २०८१

निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा दायर

मेरोन्यूज २०७८ वैशाख ३१ गते १७:५७

पर्सा । वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद शाह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना शाहविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारबाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हितविरुद्धको अपराध र संक्रामक रोग ऐन, २०२० अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि पर्सामा आगामी जेठ ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया