बुधबार, वैशाख ५, २०८१

पदवहालीसँगै गृहमन्त्रीको निर्देशन– कोभिड नियन्त्रण गर्न सम्पूर्ण शक्ति लगाउनू

मेरोन्यूज २०७८ वैशाख ३१ गते १७:५७

काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड–१९ नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति कार्यालय शीलत निवासमा पद तथा गोपनियताको शपथ खाएपछि गृहमन्त्रालयमा पदवहाली गर्दै उनले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिएका हुन् । निधोषाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले कालो बजारी रोक्न सचेत गराए ।

मन्त्रालयमा उनलाई गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया