शुक्रबार, चैत १६, २०८०

कुलेखानी जलाशय बचतमा

मेरोन्यूज २०७८ वैशाख ३१ गते १६:४१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित कुलेखानी जलाशयलाई बचतमा राखेको छ । निषेधाज्ञाका कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा चल्न नसक्दा बिजुलीको माग घटेको र कुलेखानीको सतह कम हुँदै गएकाले बचतमा राखिएको प्रधिकरणले जनाएको छ ।

विद्युतको माग बढेको समय मात्र प्राधिकरणको केन्द्रीय निर्देशन अनुसार सञ्चालन हुने छ । । लोड अनुसार पछिल्लो एक हप्तामा दैनिक करीब आधा घण्टा मात्र सञ्चालन गरिरहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जनाएका छन् । कुलेखानीको पानीको सतह अधिकतम् १ हजार ५ सय ३० मिटरसम्म हुनेमा १ हजार ४ सय ८० मिटरसम्म यस आयोजनाबाट विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

कुलेखानी जलाशय करीब ७ किलोमिटर लामो रहेको र देशको अन्य जलविद्युत आयोजना बिग्रिएको खण्डमा कुलेखानी पूर्णरुपमा सञ्चालन गर्ने गरिएको छ । साथै अन्य आयोजना जस्तो प्रयोगमा आधारित नरहेको प्राधिकरणको भनाई छ । अहिले विद्युतको माग कम छ । त्यसकारण बचतका लागि आयोजनालाई सञ्चालन नगर्न कुलेखानी जलाशयलाई निर्देशन दिएको प्राधिकारणले उल्लेख गरेको छ ।

कुलेखानीको तीन वटा आयोजनाबाट कुल १ सय ६ मेगावाट विद्युत उत्पादन हुन्छ । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन हुन्छ ।

Advertisement

प्रतिक्रिया