मंगलबार, वैशाख ११, २०८१

ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै

मेरोन्यूज २०७८ वैशाख ३१ गते १५:४५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । बिहीबार दुई नेताबीच बुढानिकण्ठस्थित रामेश्वर थापाको घरमा भेटवार्ता भएको थियो ।

आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय तय भएको जनाइएको छ । आजको भेटमा दुबै पक्षबाट अन्य नेता पनि सहभागी हुने बताइएको छ । ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेछन् भने नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी जनाइएको छ ।

ओली र नेपालबीच बिहीबारको भेटवार्तामा कार्यदल बनाएर विवाद हल गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया