शुक्रबार, चैत १६, २०८०

अक्सिजन व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयमा दुई समूह गठन

मेरोन्यूज २०७८ वैशाख ३१ गते १५:२२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१०) अस्पतालहरूमा अक्सिजन आपूर्ति व्यवस्थापन गर्न टिम ‘समूह गठन गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको स्वास्थ्य सचिव बैठकले उक्त निर्णय गरेको हो ।

जसमा दुई वटा समूहसमेत गठन भएको छ । सो टिममा ‘क’ डा प्रकाशप्रसाद शाह, प्रमुख स्वास्थ्य प्रशासक र महेश पाण्डे, उपसचिव रहेका छन् । यस्तै समूह ‘ख’ मा रोशन न्यौपाने प्रमुख मे सू र सानुबावु अधिकारी, उपसचिव रहेका छन् ।

कोभिड संक्रमित उपचार र व्यवस्थापन गर्न कोभिड अस्पतालहरूलाई अक्सिजन आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्न २४ सै घण्टा समन्वयका लागि दुई वटा नम्बर पनि सार्वजनिक गरेको छ। जुन नम्बर ९८५१३१०५८१ र ९८५१३१०५८४ हटलाइन मोबाइलमा सम्पर्क गरी व्यवस्थ्पान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया