शुक्रबार, असार १, २०८१

क्याविनेटमा प्रधानमन्त्रीका नयाँ सारथी

पूर्व माओवादीका ५ नेता फेरि मन्त्री दोहोरिँदैं

दावा तामाङ र गौरीशंकर चौधरीमात्रै नदोहोरिने

शित्तल शर्मा २०७८ वैशाख ३१ गते १३:३६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्र छोडेर एमालेमा आएका मध्येबाट ५ नेतालाई फेरि मन्त्रीमा दोहोराउने भएका छन् । प्रधानमन्त्री ओलीले अहिले दिउँसो साढे २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै अधिकाशं पूरानै मन्त्रीलाई र केही नयाँ लाई थपेर मन्त्रीमण्डल गठन गर्ने अनितम तयारी गरेका छन् ।

Advertisement

जसमध्ये यस अगाडी ओली नेतृत्वको सरकारमा रहेका ७ पूर्व माओवादी मन्त्रीमध्ये ५ जना दोहोरिएर फेरि मन्त्री वन्दैछन् । गृहमन्त्री रहेका रामवहादुर थापा (बादल)लाई सोही मन्त्रालयको जिम्मेवारी दिएर ओलीले दोहोराउने भएका छन् । बालुवाटार स्रोतका अनुसार, बादललाई फेरि पनि प्रधानमन्त्रीले गृहमन्त्रीकै जिम्मेवारी दिएर आजै मन्त्रीको रुपमा सपथ ग्रहण गराउँदैछन् ।

त्यसैगरी टोपवहादुर रायमाझी, लेखराज भटट, मणि थापा र प्रभु शाह पनि दोहोरिएर मन्त्री बन्दैछन् ।

प्रधानमन्त्री ओलीले आफुलाई अप्ठायारो अवस्थामा पनि साथ दिएको भन्दै माओवादी छोडेर आएका यी नेतालाई फेरि दोहोराएर मन्त्री बनाउन लागेका हुन् ।

बादल, रायमाझी, भटट र शाहले सांसद पद समेत गुमाएर ओलीलाई साथ दिएका थिए ।

उनीहरु चारै जना अहिले गैह सांसदका रुपमा छन् । बादल राष्टिय सभाको जेठ ६ गते हुन लागेको बाग्मति प्रदेश तर्फको अन्य समुहको उपचुनावमा एमाले तर्फका उम्मेदवार पनि छन् ।

मणि भने यस अगाडी नै पनि गैह सांसदकै रुपमा मन्त्री रहेका थिए । उनलाई ओलीको सरकार नगएको भए जेठ १० सम्म मात्र मन्त्री बन्न पाउने अवसर थियो । तर अहिले ओली संविधानको धारा ७६(३) अनुसार सवैभन्दा ठूलो दलको नेताको रुपमा नयाँ प्रक्रियाबाट प्रधानमन्त्री चुनिएर आएकोले थापालाई फेरि सांसद नरहेपनि ६ महिनासम्म मन्त्री बन्नका लागि बाटो खुलेको हो ।

माओवादी छोडेर एमालेमा गएका र यस अगाडी मन्त्री रहेका गौरीशंकर चौधरी र दावा तामाङ भने यसपटक ओलीको क्याविनेटमा मन्त्री वन्ने छैनन । चौधरी ले पनि एमाले आएपछि सांसद पद गुमाएका थिए । तामाङ भने पहिले नै सांसद नरहदै मणि जस्तै मन्त्रीका रुपमा आएका थिए । उनले पनि ओलीको अघिल्लो सरकार रहेको भए जेठ १० बाट विदा पाउने थिए ।

अहिले मन्त्री नपाउने दावा र गौरीशंकरको हकमा पार्टी कामको जिम्मेवारी दिने गरी तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले पूर्व माओवादी धारका मात्र होइन, अधिकांश पूरानैलाइ मन्त्री बनाउने तयारी गरेका छन् । महन्थ र राजेन्द्र पक्षको जनता समाजवादीलाई पनि सरकारमा ल्याउन ओलीले खोजेपनि केही तयारी पूरा गर्नुपर्ने भएकोले अहिलेलाई जसपा सरकारमा नआउँदा सम्म पूरानै अधिकाशंलाई दोहोराउने गरी बालुवाटार अन्तिम तयारीमा पुगेको हो ।

प्रतिक्रिया