शुक्रबार, असार १, २०८१

पर्सामा एकैदिन १६५ संक्रमित फेला

मेरोन्यूज २०७८ वैशाख ३१ गते १३:०८

काठमाडौँ । पर्सामा एकैदिन एक सय ५६ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको २ सय ८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका एक सय ७ पुरुष र ४९ महिला संक्रमित भेटिएका हुन् ।

Advertisement

संक्रमितमध्ये सबैभन्दा बढी पर्सा एक सय १४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एक जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए ।

भेटिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता लक्षण रहेको उनले बताए ।

प्रतिक्रिया