बिहीबार, वैशाख ६, २०८१

पार्टी शीर्ष नेता बोकेर प्रचण्ड किन पुगे फेरि देउवा निवास ?

देउवा निवासमा अहिले काग्रेस र माओवादीका शीर्ष नेताहरुका वीचमा सामुहिक छलफल

मेरोन्यूज २०७८ वैशाख ३१ गते १२:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टीका अन्य नेताहरुको डम्फैसहित यतिवेला काग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकन्ठ पुगेका छन् । संसदमा विश्वासको मत लिन नसकी पदमुक्त हुदाँ सम्म प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री बन्ने बाटोवाट छेकबार लगाउन नसकेका कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डका वीचमा दुवै तर्फका नेताहरुसहित सामुहिक छलफल हुन लागेको हो ।

प्रचण्ड सहितका माओवादीका प्रभावशाली नेताहरु देउवा निवास पुगिसकेका छन् । प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, अनेसरी घर्ती लगायतका नेताहरु देउवा निवास पुगेका हुन् ।

देउवाले पनि आफ्नो निवासमा पार्टीका प्रभावशाली नेताहरुलाई निम्ताएका छन् ।

अवको राजनीति, ओलीको रणनीति लगायतका विषयमा दुई पक्षिय वार्ता हुने देखिएको छ भने प्रयास गर्दा गदै पनि सफल हुन नसकेको बहुमतिय सरकार गठनको प्रयास को समिक्षा पनि सामुहिक रुपमा गर्ने गरी प्रचण्ड नेताहरुसहित बुढानिलकन्ठ पुगेको स्रोतले बताएको छ ।

जसपाभित्रको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले ओलीलाई नै सहयोग गर्ने गरी विपक्षी गठवनधनमा जसपाको सिंगो टिम मिल्न नदिएको र एमालेभित्रकै माधव नेपाल पक्षले पटक पटक आश्वासन र प्रतिवद्धता जनाएपनि अनितम घडीमा ओलीसँगै झुक्ने नीति लिएपछि विपक्षी गठवन्धनले संसदमा बहुमत सिद्ध गर्न सकेका थिएनन । त्यसपछि राष्टपतिले विहीबार बेलुकी ९ बजेसम्म बहुमतको सरकारका लागि दिएको समयाबधिमा विपक्षी गठवन्धनले सरकारको दावी गर्न गएनन ।

ओली त्यसपछि संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६(३) अनुसार हिजै प्रधानमन्त्रीमा पूनः नियुक्ति भईसकेका छन् । अव उनले ३० दिनभित्र विश्वासको मत सदनमा लिनुपर्ने सम्वैधनिक ब्यवस्था छ । ओलीको आजै दिँउासे साढे २ बजे सपथ ग्रहण छ ।

प्रचण्ड र देउवा सहित कांग्रेस , माओवादीका शीर्ष नेताहरुको देउवा निवासको छलफलमा राष्टिय सभा उपचुनाव , प्रदेश सरकारमा भएका गतिविधि लगायतका विषयमा पनि केन्द्रीत रहेर छलफल हुने सम्भावना रहेको बताइन्छ ।

प्रधानमन्त्री ओलीका कदम प्रतिगमनकारी कदम नै भएको ठहरमा रहेका प्रचण्ड र देउवाले यस कदम विरुद्ध अव जुध्ने रणनीति र कोरोना रोकथाम, नियन्त्रण का विषयमा सरकारी रवैयाका विषयमा केन्द्रीत रहेर पनि छलफल हुने एक नेताले बताएका छन् ।

थपिए जसपाका नेताहरु पनि

काग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफल जारी रहदै गर्दा जसपाको उपेन्द्र बाबुराम समुह पनि देउवा निवास पुगेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेता पनि देउवा निवास पुगेका छन् । यसले देउवा निवासमा विपषी गठवन्धनका नेताहरुको भेटवार्ता शुरु भएको हो ।

बैठकमा काग्रेसका तर्फबाट देउवाका अतिरिक्त महामन्त्री पूर्णवहादुर खड्का, बालकृष्ण खाँण र अर्का महामनत्री डा शंसाक कोइराला पनि सहभागी छन् । माओवादीबाट भने प्रचण्डका अतिरिक्त नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, अनेसरी घर्ती लगायतका नेता छन् । जसपाका उपेन्द्र यादव पनि बैठकमा छन् ।

प्रतिक्रिया