बिहीबार, वैशाख १३, २०८१

सांसदलाई दोस्रो डोज खोप आजबाट (सचिवालयको सूचनासहित)

मेरोन्यूज २०७८ वैशाख ३१ गते ८:५२

काठमाडौं । संघीय संसदसँग सम्वन्धित पहिलो डोज खोप लगाएका सबैलाई आजबाट दोस्रो डोज खोप दिंइदै छ ।

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित दुबै सदनका सांसदहरुलाई आजबाट कोभिडबिरुद्धको दोस्रो डोज खोप लगाउन लागिएको हो ।

पहिलो डोज खोप लगाएको आठ हप्ता पुगेका उनीहरुलाई आजबाट आइतबारसम्म दोस्रो डोज खोप लगाइने संसद सचिवालयले जनाएको छ । तीन दिन नै नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्हानेत्से हलमा खोप कार्यक्रमको व्यवस्था गरेको सचिवालयको सूचनामा उल्लेख छ ।

सांसदहरुले खोप लगाउँदा सचिवालयका कर्मचारी, सहयोगी सवारी चालक, संदीय पत्रकार लगायतले पनि दोस्रो डोज खोप लगाउनेछन् ।

फागुन २३ अगावै पहिलो चरणको कोभिसिल्ड खोप लगाएको र यो संख्या १ हजार ४५० बढी नभएकोले उनीहरुका लागि मौज्दात खोप लगाउँन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।

उनले २३ फागुन पछि समुदायस्तरमा चलाइएको ६५ बर्ष माथिकालाई दोस्रो डोज दिने कार्यक्रम भने थप खोप आएपछि मात्रै सम्भव हुने बताए ।

दोस्रो डोज लिन बाँकी ६५ बर्ष माथिकाको समूह करिब १० लाख रहेको डा. गौतमले बताए । हेर्नुस सचिवालयको सूचना

प्रतिक्रिया