शुक्रबार, चैत १६, २०८०

आजको राशिफलः वैशाख ३१ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख ३१ गते ६:२४

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको ३१ गते शुक्रबार, वैशाख शुक्लपक्षको तृतीया तिथि । आज अक्षय तृतीया, परशुराम जयन्ती, शिवपार्वती विवाह महोत्सव तथा युगादी तिथि रहेको छ । अब लागौं आजको राशिफलतर्फ

मेष
आत्माबल दृढ हुने छ । आँटिलो ब्यक्तित्व हुने छ । जोखिमपूर्ण कामहरुमा हात हाल्ने स्वाभाव बढ्ने छ । यश, कीर्ति र ख्यातिमा बढोत्तरी हुने छ । पेशागत जीवन सामान्य रहने छ । पारीवारिक जीवनमा मधुरता हुने छ । पारीवारिक सदस्यहरुको मेलमिलापले गर्दा धन धान्यमा बृद्धि हुने छ । राजनीतिक क्षेत्रमा र प्रशासनीक क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल छ । पशुपालन, कुखुरापालन, खेति, रसायनीक मलको कारोवार, ग्रिल उद्योग, फलामको कारोवार आदी जस्ता क्षेत्रका सक्रियहरुलाई समय सकारात्मक रहेको छ ।

वृष
नेतृत्व क्षमतामा कमि आउने छ । मान मर्यादा तथा इज्यतमा कमि आउने छ । आत्माबलको कमि हुने भएकाले कता कता डर लागिरहेको जस्तो हुने छ । मनमा दुविधा बढ्ने छ, यसले गर्दा तपाईप्रति अरुको दुविधात्मक धारणा बन्न पुग्ने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवनबाट भने स्थिरता कायम रहन जाने छ । आफैले सृजना गरेका सुख सुविधाका साधनहरु बेच्नु पर्ने समय सक्रिय रहेकाले धेरै जोखिम भन्दा सामान्य विषयहरुलाई निरन्तरता दिँदा ठिक हुने छ ।

मिथुन
आम्दानीमा बृद्धि हुने भएकाले यसले तपाईलाई आँटिलो स्वाभावको बनाई दिने छ । तर धेरै उत्साही भइ हाल्ने समय भने छैन् । मनोबलमा बृद्धि हुने भएकाले दृढता बृद्धि हुने छ । उद्योग कलकारखाना तथा कार्यालयमा श्रमिकहरुसँग बिबाद हुने अवस्था निम्तिने छ । सञ्चित धन सम्पत्ति तथा बैंक ब्यालेन्स खर्च हुन सक्ने भएकाले ब्यवहारिक विषयमा ध्यान दिनु होला । रिसाह ब्यक्तित्व बन्ने भएकाले रिस धेरै उठ्न जाने छ, यस विषयमा संयमित नबने झैझगडाको अवस्थामा पु¥याई दिने छ । मनमा उदासिनता छाउने छ ।

कर्कट
भाग्यको साथ छैन । जसले गर्दा अपजस खेप्नु पर्ने छ । कमाउनु पर्दछ र आफ्ना लक्ष्यप्रति समर्पित हुने भावनामा दृढ रहने स्वाभाव हुने छ । बोलीको प्रभाव घट्ने भएकाले थोरै थोरै मात्र बोल्ने गरेमा फाइदा हुने छ । पेशागत जीवनमा आँकलन नगरिएका समस्याहरु देखा पर्ने छन्, संयमित रहनु होला । कतिपयको हकमा गरिरहेको पेशा ब्यवसाय गुमाउनु पर्ने वा अबरोधको सामना गर्नु पर्ने समय रहेकाले धैर्यतासाथ निर्णयहरु लिनुहोला । जीवनसाथिबाट पूर्ण साथ पाइने भएकाले समस्यासँग साझा तरीकाले जुधेमा जित्न सकिने छ ।

Advertisement

सिंह
समय अनुकुल देखिन्छ । भाग्य बलियो छ । आम्दानीमा बृद्धि हुने छ । आफुले लिएको लक्ष्य प्राप्ति हुने छन् । दृढ खाले ब्यक्तित्व हुने छ भने यसले ब्यक्तित्वको कदर हुने छ । आफ्नो मेहनत र सक्रियताबाट आफ्नो भाग्य निर्माण गर्ने तर्फ दृढता आउने छ । मनोबल उच्च हुने भएकाले देखा पर्ने समस्या तथा चुनौतिसँग जुध्ने शक्ति उत्पन्न हुने छ । मनमा अलि दुविधाले सताउने छ । दापत्य जीवनमा भने केही कटुता उत्पन्न हुन जाने भएकाले बिबादमा नउत्रनु होला । साझेदारीमा गरिएका कामहरुमा पनि उल्झनहरु देखा पर्न जाने छन् ।

कन्या
समय संयमित रहनु पर्ने खालको छ । आम्दानीमा गिरावट आउने छ, जसले गर्दा मनमा निराशा उत्पन्न हुन जाने छ । मानसम्मान, कीर्ति तथा ख्यातिमा कमि आउने छ । साझेदारहरु मिलेर गरेको काममा बिबाद हुने भएकाले बिबादबाट भन्दा छलफलबाट विषयवस्तुहरु सुल्झाउँदा उपयुक्त हुन छ । आत्माबलको कमि हुने भएकाले नेतृत्व क्षमतामा निकै कमि आउने छ । अरुले हेप्न खोज्ने छन् । तर बोलीको प्रभाव भने बढ्न जाने भएकाले अरुको विश्वास भने जित्न सकिने छ । बाध्यात्मक रुपमा यात्रामा निस्कनु पर्ने अवस्था आउछ ।

तुला
समय अलि प्रतिकुल चलिरहेकाले धैर्यता साथ अघि बढ्नु होला । बोलीको प्रभाव घट्ने छ । राम्रो बोल्न खोज्दा पनि नराम्रो नतिजा आउन जाने भएकाले बाणिमा संयमताको खाँचो छ । पेशागत जीवन र ब्यवसायमा चुनौतिहरु देखा पर्ने छन्, अवरोधहरु धेरै आउने छन् । रोजगारी गुमाउने तथा पेशामा गम्भीरखालको लाञ्छाला लाग्ने भएकाले यसबारेमा निकै विचार गरेर मात्र ब्यवहार गर्नु होला । मनमा दुविधा बढ्न जाने छ । मनमा उदासिनता बढ्ने भएकाले निन्द्रामा समस्या देखिन जाने छ ।

वृश्चिक
धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेको छ । मनमा अत्याधिक निराशा बढ्ने छ । सकारात्मक भन्दा नकारात्मक विचारले घेर्ने भएकाले मनमा उत्साह र उमङ्गको कमि हुने छ । यसले कार्य क्षमतामा पनि गिरावट ल्याउने भएकाले तपाईको पेशागत जीवनमा कार्यक्षमतामा ह्रास ल्याउने छ । शरीर कमजोर हुने छ भने मनोबल घट्ने भएकाले अरुले हेप्न खोज्ने छन् । जीवनसाथिको साथसहित अघि बढेमा समस्याहरुसँग जुध्न उपयुक्त सल्लाह र साहस प्राप्त हुने छ ।

धनु
भाग्यको बलियो साथ छ । बाठोपनामा बृद्धि हुने भएता पनि मनमा भने दुविधाले सताउने छ । बोलीको प्रभाव कम हुने भएकाले थोरै तर गम्भीर रुपमा मात्र बोल्ने गर्नु होला । दाम्पत्य जीवनमा भनाभन हुने समय रहेकाले एकअर्काको भावना बुझ्ने तर्फ ध्यान दिनु होला । साझेदारीमा गरिएका कामहरुमा पनि अबरोध आउने भएकाले बिबादबाट भन्दा समझदारीबाट छलफलबाट समाधान निकाल्दा ठिक हुने छ । पारीवारिक जीवनमा भने मिलन हुने छ, प्रेमको बढोत्तरी हुने छ । परिवारको साथले गर्दा समस्याहरुसँग सामना गर्न शक्ति प्राप्त हुने छ ।

मकर
मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व निर्माण हुने छ । जीवनसाथिको साथले प्रगति हुने छ भने कठिनाईमा जीवनसाथिको साथ पाइने छ । कठिन परिस्थितिसँग जुधेर त्यसलाई पार लगाउने अदम्य साहस प्राप्त हुने छ । तर रिस बढि हुने भएकाले अरुले सनकी ब्यक्तिका चित्रण गर्न पुग्ने भएकाले संयमिताको खाँचो छ । आम्दानीमा कमि आउने भएकाले चिन्ता भने थपिदिने छ । साझेदारीमा गरिएका काममा हिसाव किताब तथा आम्दानीको बाँडफाँडका बारेमा असमझदारी उत्पन्न हुने समय भएकाले संयमता अपनाउनु होला ।

कुम्भ
परिवारका सदस्यहरुको तपाईप्रतिको विश्वास बढ्न जाने छ । घर घडेरी, गाडी तथा सवारीसाधनको अवस्थामा सुखद् विकास हुने छ । मनमा अत्याधिक अन्योलता बढ्ने छ, यसले निर्णय क्षमतामा गिरावट ल्याउनुका साथै बेखुशी बनाउने छ । पेशागत जीवनमा विभिन्न कठिनाईहरु उत्पन्न हुन जाने छन्, संयमित रहनु होला । मेहनत र पराक्रमी स्वाभावमा भने बृद्धि हुने छ । आम्दानीमा हुने थोरै बृद्धिले केही राहत प्रदान गर्ने छ । जीवनसाथिको दरिलो साथ प्राप्त हुने छ ।

मीन
अत्यन्त दुविधात्मक ब्यक्तित्व हुने छ । कहिले के गरौँ त कहिले के गरौँ जस्तो लागि रहने छ । आम्दानीमा हुने केही बृद्धिले मनमा राहत प्रदान गर्ने छ । कठिनाईहरुसँग जुधन परिवारको साथ मिल्ने छ । परिवारका सदस्यहरुले तपाईप्रति पूर्ण विश्वास गर्ने छन् । बोलीमा प्रियताको अभाव हुने छ, यसले सम्बन्धहरुमा चिसोपना ल्याई दिने छ । त्यसैले बाणि नियन्त्रणमा ध्यान दिनु होला । पेशागत जीवनमा केही समस्याहरु देखा पर्न जाने छन् । भाग्यको साथ रहेकाले धेरै नकारात्मक अवस्था भने हुने छैन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया