बिहीबार, वैशाख १३, २०८१

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

मेरोन्यूज २०७८ वैशाख ३० गते २२:३८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकी यही वैशाख २७ गते पदमुक्त बनेका ओलीलाई राष्ट्रपतिले आज राति पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

ओलीले संसदको विश्वास गुमाएपछि राष्ट्रपतिले आज राति ९ बजेसम्मको समयसीमा दिएर संविधानको धारा ७६ (२) अनुसार बहुमतको प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेकी थिइन् ।

निर्धारित समयसम्म कुनै पनि गठबन्धनले बहुमतसहित प्रधानमन्त्रीको दाबी गर्न सकेको थिएन ।

नेपालको संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिसिभामा सबैभन्दा बढी सदस्य भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि शपथ ग्रहण गर्नेछन् । उनले भोलि नै मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया