मंगलबार, वैशाख ४, २०८१

कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

मेरोन्यूज २०७८ वैशाख ३० गते १८:३४

काठमाडाैं । काेराेना संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएकाे छ ।

कोरोना संक्रमणका कारण बिहीबार अपराह्न ज्यान गएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए।

नौ दिन अघि कोरोना संक्रमित भई ह्याम्स अस्पतालमा भर्ना भएका गैरेको स्वास्थ्य अवस्था गम्भीर भएपछि तीन दिन पछि ठूलो प्रयासमा केएमसीको आईसियूमा सारिएको थियो ।

बुधबार गैरेको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि रातिदेखि उनलाई भेन्टिलेटरमा सारेर उपचार गरिएको थियो ।  

यसैगरी पूर्वबैंकर निरज श्रेष्ठको पनि कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । श्रेष्ठले माछापुच्छ्रे बैंक र सनराइज बैंकमा सिइओ भएर काम गरेका थिए ।

प्रतिक्रिया