शनिबार, वैशाख ८, २०८१

ओली र नेता नेपालबीचको वार्ता सकियो, एमाले मिलनको नजिक

मेरोन्यूज २०७८ वैशाख ३० गते १८:०७


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । व्यवसायी क्याप्टेन रामेश्वरको घर बुढानिकण्ठमा बसेको दुई नेताबीचको भेटवार्ता सकिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले दुई नेताबीच मिल्ने हिसाबले अगाडि बढ्ने सहमति भएको बताए । उनले भने, “ओली पक्षले गत फागुन २८ गते गरेका निर्णय फिर्ता लिने, एमाले २०७५ जेठ २ गतेको अवस्थामा जाने विषयमा कुरा भयो ।” वार्ता सहमति नजिक पुगेकाले सांसद् पदबाट तत्काल राजिनामा नदिने उनले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिदैछ । यही वैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका थिएनन् । नयाँ सरकार गठनका लागि विपक्ष गठबन्धन लागेको गियो । तर, बहुमत नपुग्ने देखिएपछि सरकार गठन गर्न नसकिने निष्कर्षमा पुगेको छ । सबैभन्दा ठुलो दलको रुपमा ओली नै प्रधानमन्त्री हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया