बुधबार, वैशाख १२, २०८१

प्रचण्डले बोलाए पार्टीको स्थायी कमिटी बैठक

मेरोन्यूज २०७८ वैशाख ३० गते १६:४६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आएका प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय आज सकिदै छ । नयाँ सरकार गठनका विषयमा छलफल गर्न प्रचण्डले बैठक बोलाएको जनाइएको छ । बैठक ५ बजे पार्टी कार्यालयमा बस्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया