शुक्रबार, वैशाख १४, २०८१

महन्थले लाइन बदल्दैनन : अनिल झा

मेरोन्यूज २०७८ वैशाख ३० गते १६:३२

काठमाडौं । जनता समाजवादी पार्टीका नेता अनिल झाले आफुहरु तटस्थताकै नीतिमा रहने बताए । उनले महन्थ ठाकुरले आफुले लिएको लाइन यत्तिकै फेरेको रेकर्ड नरहेको भन्दै अहिले पनि लाइन नबदलिने बताए ।

वहुमतिय सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै वेलुकी ९ बजेसम्म समयवाधि दिएपनि जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले विपक्षी गठवनधनलार्इ साथ नदिने बताएका हुन् । म त अहिले परिवारको सदस्यको उपचारका लागि अस्पतालमा छु , तर लाइन हाम्रो अहिले पनि पहिले जे थियो त्यही नै छ, झाले बताए ।

उनले महन्थले हत्तपत्त लाइन बदलेको रेकर्ड नरहेकोले अहिले पनि लाइन त्यक्तिकै नवदलिने बताए । विहान मात्रै महनथ र राजेन्द्र काग्रेस सभापति शेरवहादुर देउवालाई भेटन देउवा निवास पुगेका थिए । त्यसपछि उनीहरुले आफु निकट सांसदहरुलार्इ ववरमहलस्थित सम्र्पक कार्यालयमा बोलाएर अहिले भक्तपुरको एक् रिसोर्टमा लगेर राखेका छन् ।

प्रतिक्रिया