शुक्रबार, चैत १६, २०८०

झिनो अंकबाट उकालाे लाग्याे नेप्से

मेरोन्यूज २०७८ वैशाख ३० गते १६:१७

काठमाडौं । शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार नेप्से परिसुचक दोहोरो अंकले सुधार आएको छ ।

लामो समयपछि हिजो बुधबार शुन्य दशमलब ५६ अंकले बढेको बजार परिसुचक बिहिबार परिसूचक १० दशमलव १३ अंकले वृद्धि भई २ हजार ६ सय ८४ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३८ प्रतिशतले धेरै हो ।

नेप्सेसँगै स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार रकममा पनि हरियो चिन्ह देखिएको छ ।

कारोबार भएका कूल २ सय १८ कम्पनीको ८६ हजार २ सय ९६ कारोबारबाट ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँ बराबरका २ करोड १९ लाख ५५ हजार ९ सय ४३ सेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहिबारको कारोबारमा सबैभन्दा धेरै फाइनान्स समूहकोसेयर मूल्य ४ दशमलव ६८ प्रतिशत अर्थात ६० दशमलव २४ अंकले बढेर आकर्षण देखिएको छ । यस्तै विकास बैंक समूह पनि ७१ दशमलव १९ अंकले बढेर लगानीकर्ता खुसि भएका छन् ।

Advertisement

व्यापार, होटल तथा पर्यटन, उत्पादन मूलयक लगायतका समूहका उपसुचक घटेका छन् । व्यापार समूह २३ दशमलव ८६ अंकले घटेको छ भने होटल तथा पर्यटन १९ दशमलव ३५ अंकले हस आएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया