शुक्रबार, चैत १६, २०८०

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

मेरोन्यूज २०७८ वैशाख ३० गते १५:४७

काठमाडौं । दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज बिहिबार मर्जर सम्झौता भएको छ ।

केहीबेर अघि भएको मर्जरमा बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बिहिबार दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति मात्र भएको हो ।

अहिले नामको विषयमा मात्रै सहमति भएको र आगामी दिनमा सबै प्रक्रिया अगाडी बढाएर छिट्टै कार्यान्वयनमा लाने बैंकले जनाएको छ ।

मर्जर बैंकको स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । ‘यो प्रारम्भिक सहमति मात्रै हो, बाँकी कुरा सम्झौता पछि हुँदै जाने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया