शुक्रबार, वैशाख १४, २०८१

भारतमा दुई वर्षमाथिका बालबालिकामा कोभिडको खोप परीक्षण गर्न अनुमति

मेरोन्यूज २०७८ वैशाख ३० गते १५:२२

नयाँदिल्ली । भारतमा २ देखि १८ वर्षसम्मको उमेर समूहका बालबालिकाहरुमा भारतकै बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षणको अनुमति पाएको छ । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले २ वर्षमाथिका व्यक्तिहरुमा खोप परीक्षण गर्न अनुमति दिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । यसअघि क्यानडा र अमेरिकाले यो उमेर समूहमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरेको थियो । एम्स पटना,एम्स दिल्ली र मेडिट्रिना इन्स्टिच्युट अफ साइन्सेजका ५२५ जनामा खोप परीक्षण गरिने बताइएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्को सहयोगमा भारत बायोटेकले भारतमा नै खोप उत्पादन गरिरहेको छ । यो खोप अहिले भारतमा १८ वर्ष माथिका व्यक्तिहरुलाई दिइँदै छ । बालबालिकाहरुका लागि कोरोना खोप प्रयोगको अनुमति दिने क्यानडा पहिलो राष्ट्र हो । क्यानडा र अमेरिकामा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति दिइएको हो ।

प्रतिक्रिया