शनिबार, वैशाख ८, २०८१

देउवा र प्रचण्डबीच भेटवार्ता जारी

मेरोन्यूज २०७८ वैशाख ३० गते १४:५५

काठमाडौं । बुढानिलकण्ठस्थित शेरवहादुर देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भईरहेको छ ।

ओली र नेपाल नजिकै क्यप्टेन रामेश्वर थापाको निवासमा भेटवार्ता गरिरहदा देउवा र प्रचण्डबीच बुढानिलकण्ठ मै भेटवार्ता भईरहेको हो । राष्ट्रपतिले आजै वेलुकी ९ वजेसम्म संविधानको धारा ७६ (२) अनुसार बहमतदारा सरकार गठनको आह्रवान गरेपनि बहुमतका लागि अझै दलहरुले प्रयास जारी राखेका छन् । देउवाले अहिले ४ बजे पदाधिकारी बैठक वस्नु अगाडी प्रचण्डसंग भेटवार्ता गरिरहेका हुन् ।

प्रतिक्रिया