शुक्रबार, चैत १६, २०८०

क्याप्टेन थापाको निवासमा ओली र नेपालबीच भेटवार्ता

मेरोन्यूज २०७८ वैशाख ३० गते १४:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ । वुढानिलकन्ठमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । अन्नपूर्ण मिडियाका मालिक क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीचमा संवाद भईरहेको छ ।

नेपाल पक्षका चार नेतालाई ओली पक्षले आजै विहान स्थायी कमिटि बैठक बसेर कारवाही फुकुवाको निर्णय लिएको थियो । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ओलीले ६ महिना पार्टी सदस्य समेत नरहने गरी पार्टीबाट निलम्वन गरेका थिए ।

तर नेपाल पक्षले सामुहिक राजीनामा दिने तयारी गर्न थालेपछि ओली पक्ष लचिलो बनेर नेपाल पक्षमाथी गरिएको कारवाही फुकुवाको निर्णयमा पुगेको हो । कारवाही फुकुवालाई नेपाल पक्षका नेताहरुले सकारातमक भनेपनि अन्य मागका विषयमा पनि ओली तयार हुनुपर्ने अडान कायमै राखेको छ ।

नेपाल पक्षका चार नेतालाई कारवाही फुकुवा गरेपछि ओली र नेपालबीचमा टेलिफोन संवाद भई संवादमा वस्ने सहमति भएको थियो ।

Advertisement

नेपाल आफु निकटका नेताहरुसँगको जुम बैठकमा सहभागी भई ओली भेटन हात्तिगौडा पुगेका हुन् ।

नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने अडान कायमै राखेको छ । ओली र नेपालबीचमा सहमति जुटेमा आजै उक्त कमिटिको बैठक वस्न सक्ने बताईएको छ ।

उहाँहरुबीच हुने छलफल पछि पार्टीभित्रको विवाद समाधानउन्मुख हुने या नुहने भन्ने टुंगो लाग्छ, नेपाल पक्षका नेता युवराज ज्ञवालीले मेरोन्यूजसँगको कुराकानीमा बताए ।

प्रतिक्रिया