बिहीबार, वैशाख १३, २०८१

ओली र नेपालबीच भेटवार्ता सुरु

मेरोन्यूज २०७८ वैशाख ३० गते १४:०८


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

आज विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए । यसअघि बसेको ओली पक्षको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको थियो ।

नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको जनाइएको छ ।

प्रतिक्रिया