मंगलबार, वैशाख ११, २०८१

कर्णाली प्रदेशमा थपिएका मन्त्रीहरूको सपथ ग्रहण रोकियो

मेरोन्यूज २०७८ वैशाख ३० गते १४:०२

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ थपिएका मन्त्रीहरूको सपथ ग्रहण रोकिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि थपिएका ३ मन्त्रीहरूको सपथ ग्रहण रोकिएको जनाइएको छ ।

बिहिबार बिहान ११ बजे सपथ गराउने तय भएपनि कांग्रेसले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री शाहीलाई सचेत गराएपछि रोकिएको हो । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी सीता नेपालीलाई दिने तयारी गरेका थिए ।

मन्त्रालय विभाजन गरिएकोमा कांग्रेसले असहमति जनाएको हो । कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालय विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्रेसले असन्तुष्टि जनाएको हो ।

प्रतिक्रिया