बिहीबार, चैत १५, २०८०

ओलीलाई खनाल-नेपाल समुहले दियो तीन घण्टे अल्टिमेटम

आफुहरुले पेश गरेको ६ बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्ने माधव पक्षका नेताहरुको भनाई

मेरोन्यूज २०७८ वैशाख ३० गते १३:४५

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी ओली पक्षलाई दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ । आफुहरुको तर्फबाट वरिष्ठ नेता माधव नेपालले २६ बैशाखमा प्रधानमन्त्री ओली समक्ष राखेको ६ वुँदे माग सम्वोधन दिउँसो ४ बजेसम्म पूरा गर्नुपर्ने खनाल नेपाल पक्षले ओली पक्षलाई अल्टीमेटम दिएको छ ।

अल्टीमेटम महासचिव विष्णु पौडेलसँगको भेटका क्रममा नेता नेपालले दिएका हुन् । त्यस्तै ओलीसागको टेलिफोन सम्वादमा पनि नेता नेपालले अल्टीमेटम दिएका हुन् ।

आफुहरु माथीको कारवाही अल्मलाउने खेलेमेसो मात्र भएको र त्यसले मात्र पार्टीभित्रको समस्याको समाधान ननिकाल्ने भन्दै नेपाल पक्षले ६ वुँदे माग नै सम्वोधन हुनुपर्ने माग अगाडी सारेको छ । हामीले ६ वुँदे माग अस्ति नै ओलीसँग राखिसकेका छौं, उहाँले त्यो माग सम्वोधन गर्नुपर्छ । अन्य कुरा तपशिलका हुन, नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने ।

ओलीले विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको एमालेको आकस्मिक स्थायी कमिटि बैठकले नेता नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथी ६ महिना पार्टी सदस्य समेत नरहने गरी गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । अब हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको बीच वार्ता हुँदैछ । वार्ता हुनु ठीक छ,’ राववले भने, ‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।

Advertisement

नेपाल सँग प्रधानमन्त्री ओलीले बार्ताको प्रस्ताव राखेका थिए । नेपालले पनि वार्ता वस्ने कुरामा स्वीकार गरेपछि दुवै पक्षका शीर्ष नेता अहिले केही समयपछि सम्वादमा बस्न लागेका हुन् ।

नेपाल खनाल समुहले विकसित परिस्थितीका बारेमा भुचुअल बैठक समेत गरेको छ । बैठकले ओली २०७५ जेठ २ मा फर्किन तयार भएर आएमा सहमति निस्कन सक्ने पनि निश्कर्ष निकालेको छ । तर त्यो ओली र नेपाल वीच हुने भेटवार्ता पछि कुन मोड लिने भन्ने टुग्गो लाग्ने नेताहरुको प्रतिक्रिया छ ।

नेपाल समुहभित्र सुरेन्द्र पाण्डे, योगेश भटटराई लगायतका नेताहरुले भने नेताहरुमाथीको कारवाहीलाई सकारात्मक रुपमा लिँदै अव अन्य विषयलाइृ पनि सम्वादवाट टुग्गो लगाउने दिशामा जानुपर्ने बताएका छन् ।

कारवाही फुकवा सकारात्मक छ, अव जेठ ३ अगाडीको स्थायी समितिको बैठक वसेर अन्य विषयमा कार्यदल बनाएर अगाडी जान सकन्छि, नेता सुरेन्द्र पाण्डेले भने ।

नेपाल समुहमा संसदवाट राजीनामा दिने, नदिनेमा प्रष्ट दुइृ धार देखिएको छ ।

ओलीले अगाडी बढाएको र कारवाही फुकुवा गरेर देखाएको लचकताका विषयलाई हेर्ने दृष्टिकोणमा पनि नेताहरुका फरक धारणा सार्वजनिक भएका छन् । कतिपय नेताले कारवाही फुकुवालाइृ सकारात्मक भनेका छन , कतियले यसलाई अल्मलाउने मेसो ।

प्रधानमन्त्री ओलीले नेपालसँग छलफल सकारात्मक भए २०७५ जेठ ३ अगाडीको स्थायी समिति बैठक बोलाउने र त्यसबाट माओवादी छोडेर आएका नेताहरुलाई जिम्मेवारी दिने विषयमा छलफल गर्न लचक देखिएको बताईएको छ । तर नेपालले यस वीचमा भएका प्रदेश र जिल्ला कमिटिको हेरफेर र नेतृत्वका विषयमा के गर्ने भन्नेमा प्रश्न उठाईरहेका छन् ।

यसमा ओली लचक देखिदैनन ।

अव ओली र नेपाल वीच हुने सम्वाद पछि एमालेभित्रको विवाद समाधानउन्मुख हुने या नहुने भन्ने छिनोफानो लाग्ने देखिदैछ ।

राष्टपति विद्यादेवी भण्डारीले आजै बेलुकी ९ वजेसम्म बहुमतको सरकार बनाउने समय दिएकाले त्यस अगाडी नै नेपाल पक्ष के गर्ने भन्नेमा प्रेसरमा छ ।

यस्तो छ माधव नेपालको ६ बुँदे प्रस्ताव
१)सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेष्ट २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।
२) नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।
३) पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।
४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
६) उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने ।

प्रतिक्रिया