बिहीबार, वैशाख १३, २०८१

नेपालले सांसदबाट राजीनामा दिने विषयमा कानुनी परामर्श थाले

मेरोन्यूज २०७८ वैशाख ३० गते १३:२७

काठमाडौँ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाटराजीनामा दिने विषयमा कानुनी परामर्श थालेका छन् । नेता नेपालले वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल गरिरहेको बताइएको छ ।

नेपाल समूहले सांसद पदबाट राजीनामा गर्ने अन्तिम तयारी गरेको छ । नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग पुरा गर्न चार बजेसम्मको समय दिएको छ ।

माग पुरा नभए सांसदहरुले सामूहिक राजिनामा दिने जनाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले नेपाल सहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया