शुक्रबार, चैत १६, २०८०

कोरोना संक्रमणका कारण नेपाल प्रहरीका असईको मृत्यु

मेरोन्यूज २०७८ वैशाख ३० गते १३:१८


काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

महानगरीय अपराध महाशाखामा कार्यरत देवी पुरीको आज मृत्यु भएको हो। एक हप्ताअघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका पुरीको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपत्यकामा मात्रै २४० जना प्रहरी कर्मचारीहरुमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया