बुधबार, वैशाख १२, २०८१

खनाल-नेपाल पक्षले दियो माग पूरा गर्न ओलीलाई चार बजेसम्मको समय

मेरोन्यूज २०७८ वैशाख ३० गते १३:०७


काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ।

खनाल-नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि मागहरू पूरा नभए सांसदहरूले राजीनामा दिने बताइएको छ । वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई ६ बुँदे मागसहितको पत्र पठाएको र त्यसको सम्बोधन गर्नुपर्नै जनाइएको छ । चार नेताको कारबाही फुकुवा गर्ने भन्दा पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो भएको नताहरुको भनाई छ ।

यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहितका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।

प्रतिक्रिया