बिहीबार, चैत १५, २०८०

मलामी २५ जना मात्र जान पाइने,त्यो सम्भव नभए सेनाले नै शव व्यवस्थापन गर्ने

मेरोन्यूज २०७८ वैशाख ३० गते १३:००

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान अनुरोध गरेको छ । संक्रमितको मृत्यु भइ शव व्यवस्थापन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी व्यक्ति मलामी नजान र त्यसरी सम्भव नभए नेपाली सेनाले नै शव व्यवस्थापन गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार संक्रमित शव व्यवस्थापन गर्दा आफ्नो धर्म, परम्परा र संस्कृतिअनुसार गर्न सकिने तर २५ भन्दा बढी व्यक्ति मलामी नजान अनुरोध छ ।

संक्रमितको मृत्यु भएको खण्डमा अस्पतालले समयमा नै आवश्वयक समन्वय र सहजीकरण गर्ने, मर्चरी २४ घण्टा खुला राख्ने र मृतकको आफन्तहरुलाई स्थान विशेषमा रहन वा राख्न पहल गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया