शुक्रबार, चैत १६, २०८०

उपत्यकामा मात्रै २ सय ४० प्रहरीमा कोरोना पुष्टि

मेरोन्यूज २०७८ वैशाख ३० गते १२:४८


काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यारत २ सय ४० जना प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तिन जिल्लामा २ सय ४० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं परिसर मातहतका १ सय ५ र उपत्यकाका तिनै जिल्लामा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुसिल सिंह राठौरले मेरोन्युजलाई बताए । विभिन्न युनिटमा कार्यरत प्रहरीमा संक्रमण देखिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ताराठौरले संक्रमण देखिएका प्रहरीहरु आइसोलेसनमा बसेको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा उपत्यकाका ३ हजार ९ सय २४ गरी देशभर ९ हजार ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएसँगै उपत्यकामा निषेधाज्ञा घोषणा गरीएको छ । निषेधाज्ञामा सबै भन्दा बढी सुरक्षाकर्मीहरु नै फ्रन्टलाईनमा देखिन्छन् ।

कोरोना संक्रमणको बढ्दो संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा फ्रन्टलाईनमा खटिने जनशक्ती सुरक्षाकर्मी हो । कोरोनाको यस्तो प्रकोपमा सुरक्षाकर्मी अछुतो रहन्छ भन्ने होईन ।

Advertisement

प्रतिक्रिया