बिहीबार, वैशाख १३, २०८१

एमाले स्थायी कमिटि बैठक

माधव नेपाल सहितका चार नेताको कारवाही फुकुवा

मेरोन्यूज २०७८ वैशाख ३० गते ११:१८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठकले कारवाहीमा परेका वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथीको कारवाही फुकुवा गरेको छ ।

चार नेतालाई एमालेले पार्टी अनुशासन विपरित काम गरेको, समानान्तर गतिविधि गरेको जस्ता आरोप लगाउँदै ६ महिनाका लागि पार्टी सदस्य समते नरहेने गरी निलम्वन गरेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुमाथी गरिएको कारवाही फुकुवा गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई स्थायी कमिटिले अनुमोदन गरेर कारवाही फुकुवा गरेको स्थायी समिति सदस्य तथा प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

नेपाल पक्षले आफुहरुमाथीको कारवाही फुकुवा गर्नुपर्ने, पार्टीलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने र २०७७ फागुन २८ र त्यसपछि गरेका निर्णयहरु फिर्ता लिनुपर्ने माग उठाउादै आएका थिए ।

तर ओलीले नेपाल पक्षको मागको सुनुवाई गर्न चाहेका थिएनन । तर नेपाल पक्षले संसदवाट राजीनामा दिने, विपक्षी गठवन्धनलाई बहुमतको सरकार बनाउनका लागि वातावरण निर्माण गरिदिने जस्ता काममा अगाडी बढ्न खोजेपछि ओलीले बालुवाटारमा स्थायी कमिटिको बैठक बोलाएर कारवाही फुकुवा गर्ने निर्णय लिएका हुन् ।

विहानै मात्र ओलीको सन्देश बोकेर अर्थमन्त्री विष्णु पौडेल बरिष्ठ नेता नेपाल भेटन कोटेश्वर पुगेका थिए ।

नेपाल पक्षलाई कारवाही फुकुवा गरेका कारण अव नेपाल पक्षले काग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न नसक्ने अवस्था निम्तेको छ ।

नेपाल पक्षले उठाएका अन्य मागका विषयमा भने प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपालसँग बसेर छलफल गर्ने समेत बताईएको छ ।

प्रतिक्रिया