बिहीबार, वैशाख १३, २०८१

ओलीको सन्देश बोकेर विष्णु पौडेल पुगे नेता नेपालको निवासमा

मेरोन्यूज २०७८ वैशाख ३० गते ९:१७

काठमाडौं । सत्तारुढ नेकपा एमालेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी कमिटी बेठक बोलाएको छ ।

बैठक काठमाडौंको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा साढे ९ बजे बस्ने छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार बनाउन आजसम्मको समय दिएकी छन् ।

विपक्षी मोर्चाले सरकार बनाउन गरिरहेको पहल, पार्टीभित्रको आन्तरिक विवाद लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ । सत्तासमिकरणमा प्रभाव पार्ने देखिएपछि ओली माधव नेपाल समूहलाई फकाउन लागि परेका छन् ।

अहिले पनि स्थायी कमिटी बैठक बस्नु अघि ओलीले आफ्नो सन्देश सहित नेता विष्णु पौडेललाई नेता नेपालको निवासमा पठाएका छन् ।

प्रतिक्रिया